खेल मैदानमा निर्मित प्याराफिटको उद्घाटन, भलिबलको फाइनल शनिबार

पोखरा (खेलदैनिक) । घलेलको खेल मैदानमा निर्मित प्याराफिटको समुद्घाटन १३ औं दक्षिण एसियाली (साग) भौतिक पूर्वाधार निर्माण उपसमितिका संयोजक बिजयकुमार बस्नेतले गरेका छन । कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय गाउ घलेलमाजारी ल्होसार उत्सवको सातौ दिन बस्नेतले बिधिगतप्याराफिटको उद्घाटन गरेका हुन । सोही अबसरमा बोल्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बस्नेतले बताए ।

पर्यटकिय गन्तब्यको लागी प्रचुर सम्भावना रहेको बताउदै घलेल गाउँको पर्यटन प्रबद्र्धनका लागी सरकारी निकाय बाटै पहलकदमी चाल्नुपर्ने समेत बताए । प्रादेशिक संरचनामा मुलुक जाने क्रममा रहेको बताउदै बस्नेतले प्रदेश नं ४ कै नमुना गाउँ बन्न सक्ने समेत बताए । उनले १३ औं साग खेलहरु मध्ये केही खेलहरु पोखरा हुने निश्चित भएको बताउदै खेलकुदको केन्द्र बनाउने पक्षमा समेत टेवापुग्ने बताए ।

गत १५ गते देखी पर्यटकिय गाउ घलेलमा जारी ल्होसार उत्सबमा गाउँस्तरीय पुरुष भलिबल तथा अन्य प्रतियोगिताको फाईनल खेल शनिबार हुने भएको छ ।

माछापुच्छ्रे गाउपालिका ८ र ९ मा रहेको बौद्ध सिर्जना युवा क्लवको आयोजनामा र बम बहादुर घलेल आधारभुत बिद्यालयको सहआयोजनामा पुस १५ देखि सञ्चालन भैरहेको उत्सबमा गाउँ स्तरिय पुरुष भलिबल प्रतियोगिता लगायतका फाईनल खेलहरु शनिबार सम्पन्न हुने कार्यक्रम सञ्चालक ईन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

उत्सब अबधि पुष १५ देखी २१ गते सम्म भनिए तापनि समय अभाबका कारण उत्सबका सबै कार्यक्रमहरु पुष २२ गते सम्पन्न हुने समेत अधिकारीले जनाए ।

शनिबार सम्पन्न हुने गाउँ स्तरिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा जय सन्तोषि युवा क्लब ईमु, ग्रीनहिल युवा क्लब ल्वाङ, आयोजक टिम बौद्ध सृजना युवा क्लब घलेल र किप्चे बराह युवा क्लब लान्दु्रक प्रबेश गरेको अधिकारीले बताउदै सो प्रतियोगितामा अफिसियल रेफ्रिको रुपमा पूर्ण बहादुुर गुरुङ, अनिल गुरुङ तथा बिष्णु थापा रहेको जानकारी दिए ।

त्यसै गरी खुल्ला महिलाभलिबल प्रतियोगितातर्फ बौद्ध सृजना युवा क्लब घलेल, जुनकिरी हाउस पोखरा, फिस्टेल क्लब पोखरा, म्याग्दीचोक हेम्जा सेमीफाईनलमा प्रबेश गरेका छन भने घैटो फुटाउने खेलमा स्वीकार बिकले उपाधी हात पारेका छन ।


प्रतिक्रिया दिनुहोस

Loading...