आर्मी र एपिएफ राष्ट्रिय भलिबल च्याम्पियन

राष्ट्रिय भलिबलको पुरुष र महिला च्याम्पियन सामूहिक तस्विर खिचाउँदै ।

पोखरा (खेलदैनिक) । नेपाल आर्मी र एपीएफ क्लब राखेप च्याम्पियनसिपअन्तर्गत २१ औं महिला तथा ३१ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । शनिवार भएको ३१ औं राष्ट्रिय पुरुष भलिबलतर्फको उपाधि भिडन्तमा आर्मीले एपीएफमाथी ३–० को सानदार जित निकाल्यो । त्यस्तै २१ औं राष्ट्रिय महिला भलिबलको फाईनलमा एपीएफले मध्यामाञ्चललाई ३–० को सोझो सेटमा स्तब्धब नायो ।

पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा सम्पन्न पुरुषको फाईनल खेलमा नेपाल आर्मीले एपिएफलाई २५–१२, २५–२३ र २५–१५ को सोझो सेटमा हराउदै उपाधि जित्यो । महिलातर्फ एपिएफले मध्यमाञ्चललाई २५–१८, २५–१४ र २५–१० को सोझो हरायो ।

पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चलले तेश्रो स्थान हासिल गरेको छ । पश्चिमाञ्चलले पुलिसलाई २५–२२, २०–२५, २१–२५, २५–१६ र १८–१६ को सेटमा पराजित गरेको हो । महिलातर्फ भने नेपाल पुलिस तेश्रो हुन सफल भएको छ । पुलिसले घरेलु टिम पश्चिमाञ्चललाई २५–१५, २५–२१ र २५–२१ को सोझो सेटमा पराजित गर्यो ।

प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी महिलातर्फको उत्कृष्ट खेलाडी चुनिदा पुरुषतर्फ आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट खेलाडीको उपाधि जिते । दुवै समूहकाउत्कृष्ट खेलाडीले जनहि १५–१५ हजार नगद हात पारे । प्रतियोगितामा विजेताले ५० हजार र उपबिजेताले ३० हजार र तेश्रो हुनेले २० हजार नगद साथ ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरे ।

विजयीे टोलीलाई कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, नेपाल भलिवल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, प्रदेश नं ४ सभा सदस्य इन्द्रधारा विष्ट, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङलगायतले पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...