एनभिए जापान भलिबलका अध्यक्षमा नविन

अध्यक्ष नबिन (बाँया) लाई प्रमाण–पत्र हस्तान्तरण गदै अध्यक्ष शर्मा ।

काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघ (एनभिए)जापान सम्पर्क समितिको अध्यक्ष नियुक्ती भएका नविन गुरुङलाई संघका केन्द्रिय अध्यक्ष मनोरन्जन रमण शर्माले बिहिवार प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

नेपाल भलिबल संघको बिधानको दफा २६ अनुसार पुर्व खेलाडी हाल जापान निवासी नबिनको अध्यक्षमा १३ सदस्य तदर्थ नेपाल भलिबल जापान सम्पर्क समिति गठन गरिएको हो ।

सम्पर्क समितिको बरिष्ठ उपाध्यक्ष लोकेश खत्री,उपाध्यक्षमा मदन साउद,महासचिव मुक्ती सुवेदी,सचिवमा बविन थापा र कोषाध्यक्षमा दिपेश खत्री रहेका छन् । त्यसै गरि सदस्यहरुमा भिक्टोर ठाडा मगर,हितु थापा,महेन्द्र साहानी,राम मल्ल,राम लामिछाने,कमल थापा र प्रकाश चन्द जोशी रहेका छन् ।

बिधान अनुसार अध्यक्ष गुरुङले राजु बस्नेत,जिवन खड्का र कमला काप्री र कविता लामिछाने लाई सदस्यमा मनोनयन गरेका छन् । प्रमाण–पत्र हस्तान्तरण कार्यक्रममा अध्यक्ष गुरुङले नेपाल भलिबल संघलाई नगद ४० हजार सहयोग हस्तान्तरण गरेको छन् ।

यस अघि गुरुङले नेपालमा सम्पन्न भएको आमन्त्रीत नेपाल बंगलादेश मैत्रिपूर्ण खेलका लागि नगद ५० हजार सहयोग गरेका थिए । नगद तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रममा नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्द,सचिव जगदिस भट्,सदस्यद्धय टेकराज भण्डारी र रिता कोईरालालगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...