यु–१८ महिला तथा पुरुष राष्ट्रिय भलिबल तयारी पुरा

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । नेपाल भलिबल संघ अन्तरगत रहेको नेपाल विद्यालय भलिबल कमिशनको आयोजनामा हुने यु–१८ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

भलिबल प्रतिभा खोज्ने प्रतियोगिताको रुपमा रहेको यस प्रतियोतिामा पुरुष तर्फ २३ र महिला तर्फ २३ टिमको सहभागिता रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालका सम्पूर्ण क्षेत्रबाट खेलाडी प्रतिभालाई खोज्ने पहल स्वरुप पहिलो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको आयोजक कमिशनका अध्यक्ष राम बहादुर के.सी.ले पत्रकार सम्मेलनमा जानकारी गराए ।

कार्तिक १२ देखि १९ गते सम्म ढोरपाटन भलिबल ट्रेनिङ्ग सेन्टर, नयाँ बसपार्कमा आयोजना हुने प्रतियोगितालाई निजी विद्यालयहरुको संगठन प्याब्सन केन्द्रिय कमिटिले प्रायोजन गर्ने भएको छ ।

लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ लाख, ६० हजार र ३५ हजार तथा उत्कृष्ट खेलाडीहरुलाई ५, ५ हजार नगद र ट्रफी प्रदान गरिने छ ।

यस्तै पाँच विधामा उत्कृष्ट खेलाडीहरुलाई समेत नगद सहित ट्रफी प्रदान गरिने छ । जसमा लिग चरणमा बेष्ट अफ थ्रि र नकआउट चरणमा बेष्ट अफ फाईवमा खेल खेलाईने छ ।

यस प्रतियोगिताबाट २४–२४ खेलाडीहरुलाई छनोट गरिने छ । छनोट भएका खेलाडीहरुलाई आवश्यकता अनुसार प्रशिक्षणमा राख्ने, तथा नेपाल भलिबल संघले बिदेशमा आयोजना हुने प्रतियोगिता सहभागिता जनाउने भए बन्द प्रशिक्षणमा राखिने छ ।

अर्को चरण देखि उपत्यकाका स्कुलहरुमा छात्रबृत्ती प्रदान सहित प्रशिक्षणमा राखिने अध्यक्ष के.सी.ले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस

Loading...