सुनिल र ओमको जोडिलाई उपाधि

सेब २ साईट भलिबल प्रतियोगिताका बिजेता टिमलाई पुरस्कृत गदै अतिथिहरु ।

काठमाडौं (खेलदैनिक) । तेश्रो सेब टुए–साईट पुरुष भलिबल प्रतियोगिताको उपाधि सुनिल कुवँर र ओम घर्तीको जोडिले जितेका छन् ।

शनिवार भएको फाईनल खेलमा सनराइज क्लब बाग्लुङका सुनिल र ओमको जोडिले बाग्लुङकै ध्रुब छन्त्याल र तारा रानाको जोडिमाथी ३–१ को रोमाञ्चक जित निकाल्दै उपाधि माथी कब्जा जमाए ।

पहिलो सेट १९–२१ ले गुमाएको सनिल र ओमको जोडिले खेलमा फर्कदै दोश्रो र तेश्रो सेट लगातार २३–२१ र २१–१९ ले आफ्नो पक्षमा पारेका थिए ।

सेब २ साईट भलिबल प्रतियोगिताका उत्कृष्ट खेलाडि सुनिललाई पुरस्कृत गदै अतिथिहरु

सामाखुसी बोडिङ स्कुल (सेब) को मुख्य प्रायोजनमा संचालन भएको प्रतियोगितामा युवराज छन्त्याल र सरोज घर्तीको जोडिले तेश्रो स्थान हात पारे । रोयल हिमचुली मेनपावरका युवारज र सरोजको जोडिले छन्त्याल युवा संघका महेन्द्र छ्न्त्याल र धनु छन्त्यालको जोडिलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराए ।

प्रतियोगिताका बिजेता खेलाडीलाई नेपाल भलिबल संघका उपाध्यक्षद्धय निरोज मास्के, रन्जन खड्का,नेपाल भलिबल बिद्यालय कमिसनका अध्यक्ष राम केसी, सेब स्कुलका प्रिन्सिपल युवराज थापा, सेब स्कुलकी डाइरेक्टर मधुमाया थापालगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगिताको बिजोता टिमले २० हजार, उपबिजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद प्राप्त गरे । भदै २० गते देखि संचालन भएको प्रतियोगितामा २३ टिमले नकाउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...