सेब टुए साईट पुरुष भलिबल शुरु

काठमाडौं (खेलदैनिक) । तेश्रो सेब टुए–साईट पुरुष भलिबल प्रतियोगिता मंगलवार देखि सुरु भएको छ ।

सामाखुसी बोडिङ स्कुल (सेब) को मुख्य प्रायोजनमा संचालन भएको उद्घाटन खेलमा शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको टिमबाट खेलेका नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्का र न्यूडायमण्ड एकेडेमीका प्रिन्सिपल एवम् कोच कुमार राईको जोडी पराजित भएको छ ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्दले उद्घाटन गरेको प्रतियोगितामा रन्जन र कुमारको जोडिलाई खुम गाउले र दिवस बोहोराको २१–१६ र २१–१६ ले सोझो सेटमा हरायो ।

ढोरपाटन क्लबको आयोजनामा नयाँ बसपार्कमा भाद्र २४ गते सम्म संचालन हुने प्रतियोगितामा २३ टिमको सहभागिता रहको छ । नकआउटका आधारमा संचालित प्रतियोगिता सहभागि टिमलाई २ समूहमा बिभाजन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजोता टिमले २० हजार,उपबिजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिता उद्घाटनका अवसरमा नेपाल बिद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसी, महासचिव लोकेन्द्रवहादुर खड्का, ग्रिनल्याण्ड स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङलगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...