पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई हरायो

काठमाडौं (खेलैदनिक) । नेपालले बंगलादेशलाई पहिलो मैत्रिपूर्ण भलिबल खेलमा मंगलवार ३–१ को सेटमा हराएको छ ।

पहिलो सेट २५–२७ ले गुमाएको नेपालले खेलमा पूर्नागमन गर्दै लगातार तीन सेट २५–१७,२५–१६ र २५–२३ ले जित्न सफल भयो । नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका कुलबहादुर थापाले ब्यक्तिगत २१ अंक जोडे ।

त्यस्तै हरि अधिकारीले १३,मानबहादुर श्रेष्ठले १२ र इम रानाले ९ अंक गरेका थिए । बंगलादेशका लागि होरोसितले १८ अंक जोडेका थिए । बुधबार दोश्रो मैत्रिपूर्ण खेलमा लगनखेल स्थित आर्मीको कभर्ड हलमा नै हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...