राष्ट्रिय स्तरमा उमेरसमूहको भलिबल प्रतियोगितामा हुुने

नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष राम केसीद्धारा बार्षिक क्यालेन्डरका बारेमा जानकारी दिदै ।

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलको पहिचान बनाएको भलिबलतर्फ यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगितामा हुने भएको छ ।

नेपाल विद्यालय भलिबलको कमिसनको आयोजनामा यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता आगामी कात्र्तिक १२ देखि १८ सम्म काठमाडौंमा हुन लागेको हो ।

शनिबार नक्सालस्थित होटल क्राउनप्लाजामा कार्यक्रमको आयोजना गर्दै कमिनसनले यू–१६ अन्तरविद्यालय छात्र तथा छात्रा भलिबल प्रतियोगितासमेत गर्ने जनाएको छ । उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको छ ।

नेपाल भलिबल संघको समन्वयनमा कमिशनले यू–१९ बीच भलिबल प्रतियोगितामा पनि गर्ने जानकारी दिएको छ । त्यस्तै विद्यालय भलिबल कमिसनले भलिबल खेल विकासका लागी जुनियरस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले थप जिल्ला कमिटी विस्तार गर्ने जनाएको छ ।

उमेरसमुहको प्रतियोगिता लगत्तै कमिसनले यू–१८ र यू–१६ महिला तथा पुरुष टिमको घोषण गर्ने कमिसनका अध्यक्ष रामबहादुर केसीले बताए । सो उमेरसमूहको राष्ट्रिय टिमको प्रशिक्षणका लागी प्रशिक्षक ब्यवस्थापन गर्नेछ ।

उनीहरुले खेल स्तरसुधारका लागी यू–१६ र यू–१८ का अन्तर्राष्ट्रिय प्रतियोगिता वा मैत्रीपूर्ण खेलको आयोजनासमेत गर्ने संघका सचिव लोकेन्द्रबहादुर खड्काले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबललाई थप लोकपृय बनाउनका लागी नेपाल भलिबल संघको समन्वयनमा विद्यालय भलिबल महोत्सव आयोजना गर्ने जनाएको छ । कमिसनको वार्षिक साधारणसभा आगामी १६ मंसिरमा हुनेछ ।

अन्तर्राष्ट्रिय पदक बिजेता राष्ट्रिय पुरुष टिमका खेलाडि सम्मानित

नेपाल विद्यालय भलिबलको कमिसनले शनिवार नै एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई सम्मान गरेको छ । कार्यक्रममा कमिसनले इमबहादुर रानाको कप्तानीमा रहेको १२ सदस्यीय टोलीलाई सम्मान गरेको छ ।

प्रशिक्षकद्वय जगदिश भटृ र विरेन्द्रप्रसाद चौधरी तथा टिम म्यानेजर डम्बरबहादुर नेपालीलाई सम्मानित भएका छन् । खेलाडी तथा प्रशिक्षकलाई भलिबल संघका अध्यक्ष मनोरमनरञ्जन शर्मा,उपाध्यक्षद्वय निरोज मास्के र रन्जन खड्का,महासचिव जितेन्द्रबहादुर चन्द,कमिशन अध्यक्ष रामबहादुर केसी र सचिव लोकेन्द्रबहादुर खड्कालगायतले सम्मान गरे ।

सम्मानित कुल १५ खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्र र समान ३ हजार नगदपुरस्कार प्रदान गरिएको थियो ।

काठमाडौँ विद्यालय भलिबल कमिसनमा अधिकारी

त्यसैगरी जेबि अधिकारी (दीपक)को अध्यक्षतामा कुल १३ सदस्यीय समितिको काठमाडौं जिल्ला विद्यालय भलिबल कमिसन गठन गरिएको छ ।

नवनियुक्त काठमाण्डौ बिद्यालय भलिबल कमिसनका अध्यक्ष जेबी अधिकारी ।

नेपाल विद्यालय भलिबल कमिसन अन्तर्गतको काठमाडौँ जिल्ला विद्यालय भलिबल कमिसनको उपाध्यक्षमा रीता राई दाहाल,सचिवमा शिवप्रसाद अर्याल,कोषाध्यक्षमा प्रदीप श्रेष्ठ,सदस्यहरुमा रबिन बस्नेत,कपिल जिसी,विकास गुरुङ,हिक्मत दाहाल,रबि भण्डारी,प्रियन्का रानामगर,बद्री भटृ,गोकर्ण लिम्बु र झमककुमार कार्की चयन भए ।
उनीहरुलाई नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष केसीले सपथ ग्रहण गराएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...