चर्चित भलिबल प्रशिक्षक विजल नेपाल आइपुगे

राजधानीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै विजल ।

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा नेपालमा भलिबल खेलको विकास गर्ने उद्धेश्यले नेदरल्याण्डका विश्वस्तरिय भलिबल प्रशिक्षक म्याट भान विजल सोमबार नेपाल आइपुगेका छन् ।

उनले नेपाल बसाईको क्रममा नेपाली पुरुष भलिबल खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्नेछन् । उनका साथै फिभका विकास सदस्य तथा नेदरल्याण्ड भलिबल संघका विकास व्यवस्थापक पिटर भान तरेल समेत नेपाल आइपुगेका छन् ।

विजलको भ्रमणको व्यवस्थापनका क्रममा नेदरल्याण्ड भलिबल संघले उनको आउनेजाने हवाई टिकट व्यहोरेको छ भने फिभले नेपालमा प्रशिक्षण गर्दाको पारिश्रमीक व्यहोर्ने नेपाल भलिबल संघले जनाएको छ । यस्तै नेपाल भलिबल संघले उनको नेपाल बसाईको क्रममा खाना तथा वसोवासको व्यवस्था गर्नेछ ।

विजल नेपाल र बंगलादेशविच भदौ १३ र १४ गते आयोजना हुने मैत्रीपूर्ण खेल सम्म नेपालमा बस्ने कार्यक्रम रहेको छ ।
नेपाल बसाईकै क्रममा विजलले पाँच स्कुलका भलिबल खेलाडीहरुलाई समेत प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको नेपाल भलिबल संघले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...