न्यु डायमन्ड एकेडेमी पुरस्कृत

न्यु डायमन्डका भलिबल प्रशिक्षक कुमार राई (दायाँ) लाई पुरस्कारको चेक हस्तान्तरण गर्दै काठमाडौं जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष केशरबहादुर श्रेष्ठ ।

काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला खेलकुद विकास समितिले भलिबल खेलको विकासमा उल्लेखनिय योगदान पु¥याएवापत न्यु डायमन्ड एकेडेमीलाई बुधबार पुरस्कृत गरेको छ ।

गत चैत अन्तिम साता समितिको आयोजनामा सम्पन्न नवौं काठमाडौं जिल्ला राष्ट्रपति रनिङ खेलकुदमा सहभागी काठमाडौंका सामुदायिक विद्यालयलाई प्रोत्साहन रकम वितरण कार्यक्रममा न्यु डायमन्डलाई सम्मान गरिएको हो ।

समितिका कोषाध्यक्ष केशरबहादुर श्रेष्ठले न्यु डायमन्डका प्रशिक्षक कुमार राईलाई १० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा ६३ सामुदायिक विद्यालयलाई १० हजारका दरले ६ लाख ३० हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए ।

सोही अवसरमा राष्ट्रपति रनिङ सिल्डमा पहिलो भएको सैनिक आवसिय महाविद्यालयलाई ५० हजार र दोश्रो भएको सेक्रेड हर्टलाई २५ हजार नगदबाट पुरस्कृत गरिएको थियो ।सानो गौचरणस्थित समितिकै कार्यालयमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, उपाध्यक्ष दामोदर भट्टराई (बद्री) लगायतका पदाधिकारीले उनीहरुलाई पुरस्कार वितरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...