कोरिया जाने तेक्वान्दो टोलीको विदाई

कोरिया जाने तेक्वान्दो टोली ।

काठमाडौं (खेलदैनिक) । दक्षिण कोरियाको मुजु शहरमा हुने एसियन तेक्वान्दो युनियन (एटीयु) पुम्से एजिुकेसन ट्रेनिङमा सहभागी हुने नेपाल तेक्वान्दो टोलीको विदाई गरिएको छ ।

मुजु शहरमा आगामी आगामी जुन २६ देखि ३० सम्म हुने पुम्से सेमीनारमा सहभागी हुने दुई खेलाडी र एक प्रशिक्षकलाई विदाई गरिएको हो ।

सातदोबाटोस्थीत नेपाल तेक्वान्दो संघमा आयोजित कार्यक्रममा टोलीलाई तेक्वान्दोका संस्थापक एवम् संघका महासचिव दिपराज गुरुङ, संघका केन्द्रिय सदस्यद्वय नविन कुमार श्रेष्ठ र कविराज खड्गीले लगायतले बिदाई गरे ।

मुजु शहरमा हुने एटियु पुम्से एजिुकेसन ट्रेनिङको खेलाडीमा पार्वती गुरुङ र जीत बहादुर भोटे छन् । टोलीको प्रशिक्षकमा विक्रम खड्गी छन् । उक्त टोली शनिबार दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

इन्डोनेसियाको जाकार्तामा आगामी वर्ष हुने एसियन गेम्सका लागि लक्षित गरेर नेपाल तेक्वान्दो संघले पुम्से खेलाडी र प्रशिक्षकलाई वैदेशिक प्रशिक्षणको ब्यवस्था मिलाएको छ ।

जाकार्तामा हुने एसियन गेम्समा पहिलोपटक तेक्वान्दोको पुम्सेविधा समावेश हुदैँछ ।


प्रतिक्रिया दिनुहोस

Loading...