कोरियाली राजदुत पार्क योङलाई तेक्वान्दो संघको स्वागत

काठमाडौं । नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदुत पार्क योङ सीकले सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको नवनिर्मित भवन अवलोकन गरेका छन् । कोरियाली राजदुत पार्कले सोमबार तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्र, जीमखान र मिनी स्टेडियमलगायत विभिन्न ब्लकको स्थलगत अवलोकन गरेका थिए ।

संघले सोमबार नै नवनियुक्त राजदुत पार्कलाई स्वागत गरेको छ । सातदोबाटोस्थीत नेपाल तेक्वान्दो संघमा एक कार्यक्रमको आयोजना गर्दैै संघका अध्यक्ष प्रकाशशम्शेर राणाले नेपालका लागि कोरियाली राजदुत पार्कलाई स्वागत गरे ।

सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष सञ्जीव रेग्मीले निर्माणाधिन बहुउद्देश्यीय संरचनाका बारेमा राजदुत पार्कलाई जानकारी गराएका थिए ।संघका अध्यक्ष राणाले राजदुत पार्कको कार्यकाल सफलताको शुभकामना दिदैँ तेक्वान्दोको माध्यमबाट दुई देशविचको सम्बन्ध थप सुधारका लागि सदैव अग्रसर रहने बताए । राजदुत पार्कले नेपाल आएको थोरै समय भएपनि नेपाली निकै राम्रा रहेको बताए । उनले भने ‘मइले यहाँ रिपब्लिक डे मनाउने अवसर पाँए । त्यसको माध्यमबाट पनि धेरै कुरा हेर्न अवसर मिल्यो ।’

राजदुत पार्कले नेपाली तेक्वान्दोको ऐतिहासिक सफलताको प्रसंसा गर्दै इन्डोनेसियामा हुने आगमी एसियन गेम्समा नेपाली तेक्वान्दोले पदक ल्याउने विश्वास ब्यक्त गरे ।उनले कोरियाले ओलम्पिकमा निकै सफलता हात पारेको बताउँदै नेपालमा पनि त्यस्तै किसिमको सफलताका लागि आफ्नो साथ सदैव रहने विश्वास ब्यक्त गरे । सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका डिआइजि पंकज श्रेष्ठ,संघका महासचिव एवं सस्थापक दिपराज गुरुङ,राष्ट्रिय टिमका खेलाडी तथा प्रशिक्षक लगायतको उपस्थीती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...