लैनचौर डोजाङ च्याम्पियन

काठमाडौं । प्रथम वोन बुद्धिजम तेक्वान्दो च्याम्पियनसिपमा लैनचौर डोजाङ च्याम्पियन भएको छ । बालाजुस्थीत काभ्रेस्थली तेक्वान्दो डोजाङद्धारा आयोजित च्याम्पियनसीपमा लैनचौरले ६ स्वर्ण हात पार्दै टिम च्याम्पियनको उपाधि हात पार्यो   । बोधिवन फाउन्डेशन नेपालको सहयोगमा भएको प्रतियोगिताको पुरुषतर्फ १८–२० तौलमा इसिडिसिका दिपक वादी पहिलो, लैनचौरका सुसान्त भुजेल दोस्रो तथा आयोजकका आदर्स थिङ र मुन स्टारका सुसान्त तामाङ तेस्रो,२१–२४ तौलमा इसिडिसिकै निर्मल शाह पहिलो, लैनचौरका निरोज कार्की दोस्रो ,२५–२८ केजीमा ढल्कोका सुमन उप्रेती पहिलो, लैनचौरका सुरज मसाल दोस्रो तथा २९–३२ केजीमा काभ्रेस्थलीका बिवेश प्रजापति पहिलो,ढल्कोका सुजन नेपाली दोस्रो, मनमैजुका साजन नेपाली र इसिडिसिका रोशन भुल संयुक्त रुपमा तेस्रो भए ।

त्यस्तै पुरुषकै ३३–३६ केजीमा लैनचौरका पाल्देन तामाङ पहिलो, मनमैजुका सुजल पुतवार दोस्रो,टोखाका सुविन पोदार र कुलेश्वरका निश्चल मगर तेस्रो भए । महिलाको २५–२८ केजीमा लैनचौरकी दिया रजक पहिलो,ढल्कोकी पासाङ तामाङ दोस्रो,मुनस्टारकी निर्जला चौधरी र काभ्रेस्थलीकी करिना शाह,३३–३६ केजीमा मनमैजुकी पुर्णिमा महर्जन पहिलो,काभ्रेस्थलीका आयुसा लामा दोस्रो, ढल्कोकी सुस्मिता तामाङ र काभ्रेस्थलीकी विनिसा खड्गी तेस्रो,४८–५१ केजीमा मुनस्टारका रन्जिला रोक्का मगर पहिलो,लैनचौरकी सामाना खड्गी दोस्रो, टोखाकी उषा महर्जन र ढल्कोकी पासाङ डोल्मा वाइबा तेस्रो तथा ५३–५६ केजीमा लैनचौरकी सुस्मा गुरुङ पहिलो,मनमैजुकी अलिसा शाह ठकुरी दोस्रो,काभ्रेस्थलीकी सलिना तामाङ र प्रजिना खढ्गी संयुक्त रुपमा तेस्रो चइन् ।

पुरुष पुम्सेतर्फ ग्रीन बेल्टमा एन्जल पुन मगर,ब्लुई–रेडमा नविन श्रेष्ठ र रेडमा युवराज पुन मगर पहिलो भए । गल्र्सको रेड बेल्टमा काभ्रेस्थलीकी प्रजिना खड्गी ,गीनमा बालाजुकी बालाजुकी ममता बुढासैनी र ब्लुई–रेडमा न्यू क्रेएटिभकी हिना महर्जन पहिलो भएको प्रतियोगिता संयोजक विक्रम खड्गीले बताए । जुनियर पेएर पुम्सेमा लैनचौर र सिनियर पेएर पुम्सेमा काभ्रेस्थली पहिलो भयो । विजेता खेलाडीलाई प्रमुख अतिथी सांसद भिमसेनदास प्रधान,नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास सम्सेर राणा,बोधिवन फाउन्डेसन नेपालका अध्यक्ष सुभाष रेग्मी लगायतले पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...