पोखरामा स्पेशल तेक्वान्दो ग्रेडिङ सम्पन्न

पोखराको हेम्जामा अनाथ र असाहय बालबालिका लक्षित गरी  सुरु भएको तेक्वान्दो स्पेशल कोर्समा सहभागी खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।शनिबार कास्कीको हेम्जास्थीत असाहय बाल उपकार संघमा खेलाडीको ग्रेडिङ सम्पन्न भएको हो । नेपाल तेक्वान्दो संघको आयोजनामा भएको दोस्रो चरणको ग्रेडिङमा कुल २४ खेलाडीले परिक्षामा सहभागीता जनाएका थिए ।  जसमा निलो देखि निलो–रातो ७ जना,निलो–रातो देखि रातो १, हरियो–निलो देखि निलो ७, पहेँलो देखि पहेँलो–हरियोमा ३,पहेँलो–हरियोदेखि हरियोमा ५ र रातो–कालोदेखि कालोमा एक खेलाडीले ग्रेडिङ परिक्षा दिएको स्पेशल तेक्वान्दो प्रशिक्षणका संयोजक कुमार लामा घिसिङले बताए । उक्त कोर्ष अन्तर्गत रहेर विभिन्न प्रशिक्षकले १० महिनासम्म ती सस्थामा प्रशिक्षण गराउनेछ । कार्यक्रममा स्पेशल तेक्वान्दो प्रशिक्षणका संयोजक घिसिङले प्रशिक्षकलाई १० महिने नियुक्ती पत्र प्रदान गरे । घिसिङले खेलाडीको उत्साह र मेहनतले एक दिन देशका लागि ठुलो सफलता दिलाउने विश्वास ब्यक्त गरे ।

यसअघि कार्यक्रमको उद्घाटन कास्की जिल्ला कार्यसमितीका अध्यक्ष जगन गुरुङले गरेका थिए । असाहय बाल उपकार संघका ब्यवस्थापक विष्णुमान श्रेष्ठले ग्रेडिङ सहभागी खेलाडीलाई र संस्थालाई प्रमाणपत्र प्रदान गरे । ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नाराका साथ भएको उक्त तालिम दश महिनासम्म आठ अनाथ बालबालिका संरक्षित सस्थामा सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमबाट कुल आठ संस्थाका करिब ३ सय बालबालिकाले तेक्वान्दो खेल खेल्न लाभ प्राप्त गर्नेछन् ।  उक्त अवधिभर खेलाडीलाई निशुल्क ग्रेडिङ र प्रतियोगितामा सहभागी गराइने संघले जनाएको छ ।

उक्त तालिममा सहभागी खेलाडीलाई खेलकुद सामाग्री प्रदान गर्ने संघले जनाएको छ । विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)को सहयोगमा विशेष प्रशिक्षणमा रहेका सहभागी आठ संस्था मध्ये काठमाडौँको इसिडिसि,नयाँ नेपाल समाज, साग्रीला अर्फानिज होम,नेपाल आरधना समाज,लाइप भिजन, भक्तपुरको मुस्कान सेवा, नेपाल चिल्ड्रेन र्अफ्यान होम र असहाय बालकेन्द्र (पोखरा) लगायत आश्रमको रहेको संयोजक घिसिङले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...