नेपाली तेक्वान्दो टोली मकाउ प्रस्थान

काठमाडौं । मकाउमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका छन् । शुक्रबार दशरथ रंगशालास्थीत राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षण केन्द्र आयोजित कार्यक्रममा उक्त टोली बिदाई गरिएको थियो । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्सेर राणा,केन्द्रीय सदस्य बद्री घिमिरे र सचिवालय सदस्य गोविन्द शर्मा लगायतले सात सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई विदाई गरे । सो अवसरमा संघका अध्यक्ष राणाले देशको प्रतिनिधित्व गर्ने भएकाले निकै अनुशासित रुपमा उत्कृष्ट प्रर्दशन गर्दै देशका लागि पदक हासिल गर्न शुभकामना दिए ।

मकाउमा आगामी शनिबार देखि मंगलबारसम्म मकाउँ ओपन तेक्वान्दो च्याम्पियनसिप २०१७ हुदैछ । जसमा नेपालका पाँच पुरुष खेलाडी,एक प्रशिक्षक र ब्यवस्थापको नेतृत्वमा नेपाली टोलीको सहभागीता रहनेछ । तेक्वान्दोका पुर्व खेलाडी समेत रहेका फिरोज श्रेष्ठको नेतृत्वमा सिनियर पुरुष ४८ केजीमा निश्चल बस्नेत,५१ केजीमा पारस भण्डारी,५४ केजीमा विशाल गोले र ८४ केजीमा प्रदिप कडेँल तथा जुनियरको ५५ केजीमा सुरमुला बाबु मियाँको सहभागीता रहनेछ ।

उक्त टोलीको प्रशिक्षणमा सितापाइला तेक्वान्दो डोजाङका प्रमुख समेत रहेका बब्लु सिवाकोटी रहेका छन् । सिवाकोटीले सिनियर पुम्सेतर्फ पनि नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । प्रतियोगितामा कुल १५ राष्ट्रको सहभागीता रहने प्रशिक्षक सिवाकोटीले बताए । टिम म्यानेजर श्रेष्ठले लामो समयदेखि तयारी गरेकाले नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...