स्पेशल तेक्वान्दो तालिम प्रशिक्षक प्रशिक्षित

काठमाडौं । अनाथ र असाहय बालबालिका लक्षित गरी  सुरु भएको तेक्वान्दो स्पेशल कोर्समा सहभागी प्रशिक्षकको तालिम सम्पन्न भएको छ ।नेपाल तेक्वान्दो संघको आयोजनामा अनाथ र असाहय बालबालिका लक्षित पहिलो चरणमा ८ सस्थाका प्रशिक्षकलाई प्रशिक्षित गरिएको हो । त्रिपुरेश्वरको दशरथ रंगशालास्थीत राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षण केन्द्रमा एक दिने प्रशिक्षक तालिम सम्पन्न भएको हो ।  कुल आठ प्रशिक्षकलाई साइकोलिजी र तेक्वान्दोको आधारभुत तालिम गर्ने बारे प्रशिक्षण दिइएको थियो ।

यसअघि उक्त तालिमको उद्घाटन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास संसेर राणा र महासचिव दिपराज गुरुङले उद्घाटन गरे । सो अवसरमा महासचिव गुरुङले देशका लागि उत्कृष्ट खेलाडी उत्पादन प्रशिक्षकको महत्वपुर्ण भुमिका हुने भएकाले यस विशेष प्रशिक्षणलाई अवसरको रुपमा लिन आग्रह गरे । प्रशिक्षकलाई मनोविज्ञान विज्ञ रमेश खनालले पहिलो चरणमा प्रशिक्षण गराए । दोस्रो चरणमा कोरियाली प्रशिक्षक क्वान याङ दल र जाई हो लिले तेक्वान्दोको आधारभुत प्रशिक्षण तालिम प्रदान गरे ।

‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नाराका साथ दश महिने तेक्वान्दो तालिम आठ अनाथ बालबालिका संरक्षित सस्थामा हुदैछ । उक्त कार्यक्रमबाट कुल आठ संस्थाका करिब ३ सय बालबालिकाले तेक्वान्दो खेल खेल्न लाभ प्राप्त गर्नेछन् । उक्त अवधिभर खेलाडीलाई निशुल्क ग्रेडिङ र प्रतियोगितामा सहभागी गराइने संघले जनाएको छ । उक्त तालिममा सहभागी खेलाडीलाई खेलकुद सामाग्री प्रदान गर्ने संघले जनाएको छ । विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)को सहयोगमा विशेष प्रशिक्षणमा सहभागीमध्ये आठ संस्था काठमाडौ भित्रका छन् । एक पोखराबाट रहेको तेक्वान्दो विशेष प्रशिक्षण कार्यक्रमका संयोजक कुमार लामा घिसिङले बताए ।

यस कार्यक्रममा काठमाडौँको इसिडिसि,नयाँ नेपाल समाज, साग्रीला अर्फानिज होम,नेपाल आरधना समाज,लाइप भिजन, भक्तपुरको मुस्कान सेवा, नेपाल चिल्ड्रेन र्अफ्यान होम र असहाय बालकेन्द्र (पोखरा) लगायत आश्रमको सहभागिता रहेको संयोजक घिसिङले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...