युयुएनटीएफको सहयोग तीन संस्थालाई

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले तेक्वान्दोको विभिन्न प्रयोजनका लागि तीन संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
युयुएनटीएफले नुवाकोट तेक्वान्दो संघलाई सामाग्री खरिद गर्न १ लाख ५० हजार, बागलुङ तेक्वान्दो संघलाई भवन निर्माणका लागि ३ लाख र माइती नेपालका तेक्वान्दो खेलाडी उत्थानका लागि ४० हजार आर्थिक सहयोग प्रदान गरेको हो ।

युयुएनटीएफले माइती नेपालका खेलाडीका लागि यसअघि पनि ६० हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।

आठौं सागअन्तर्गत तेक्वान्दोका स्वर्णधारी समेत रहेका युयुएनटीएफका केन्द्रीय अध्यक्ष राजकुमार राईले सातदोबाटोस्थित युयुएनटीएफ नेपाल च्याप्टरको कार्यालयमा सम्बन्धितलाई रकम हस्तान्तरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...