दलिप स्मृति तेक्वान्दो डोजाङ लाई ३ स्वर्ण

दिलिप स्मृति तेक्वान्दो डोजाङले प्रथम काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ३ स्वर्ण जितेको छ ।
मनमैजु तेक्वान्दो डोजाङ पनि ३ स्वर्ण हात पार्न सफल भयो ।

चन्द्रागिरी तेक्वान्दो डोजाङको आयोजनामा भइरहेको प्रतियोगितामा लैनचौर तेक्वान्दो डोजाङले २ तथा श्रमिक तेक्वान्दो डोजाङले १ स्वर्ण हात पारे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे । थानकोटको कोटघरमा भइरहेको दुईदिने प्रतियोगितामा विभिन्न १५ डोजाङका २ सय ७० खेलाडीले १८ स्पर्धामा प्रतिस्पर्धा गरिहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...