अर्जुनस्मृती तेक्वान्दो तथा कराते सम्पन्न

काठमाडौं । अर्जुनस्मृती तेक्वान्दो तथा कराते प्रतियोगिता सम्पन्न भएको छ । नक्सालस्थित अर्जुन फिटनेश क्लबद्धारा संचालित एएफसी तेक्वान्दो डोजाङ्ग तथा कराते डोजो अन्तर्गतका खेलाडी सहभागि अर्जुनस्मृती ईन्ट्रा तेक्वान्दो तथा कराते प्रतियोगिता सम्पन्न भएको हो ।

एक दिने प्रतियोगिताको दुई खेलमा विभिन्न तौल समुहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तेक्वान्दोमा २० केजी देखि ५० केजी तौलसम्म प्रतिस्पर्धा भएको तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले बताए ।

करातेमा ३५ देखि ५० केजी तौलमा प्रतिस्पर्धा भएको थियो । तेक्वान्दोतर्फको उत्कृष्ट खेलाडी मानब सुब्बा घोषित भए । ग्रेडिङ्गमा सोहम राजपुत उत्कृष्ट भएका थिए । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलको प्रमुख अतिथ्यतामा सञ्चालित कार्यक्रममा विजेता खेलाडीहरुलाई पदक तथा प्रमाण पत्र वितरण गरिएको थियो । सो अवसरमा तेक्वान्दो ग्रेडिङ्ग परिक्षमा सफल हुने खेलाडीलाई प्रमाणपत्र तथा बेल्ट वितरण गरिएको थियो ।

खेलाडीले लगनशिल भएर प्रतिभा प्रस्फुरण गरेमा भविष्यमा असल नगरिकको परिचय दिदै विश्व मानचित्रमा नेपालको नाम फैलाउन सफल हुने संघका उपाध्यक्ष पोखरेलले बताए । अर्जुन फिटनेश क्लब मार्शल आर्ट मार्फत ओलम्पिक खेलमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा मद्दत पुग्ने उद्देश्यका साथ स्थापना भएको थियो । यस प्रतियोगिता मार्फत आफ्नै खेल मैदानको माध्यमबाट अन्य प्रतियोगिताका लागि आत्मबल बढाउने प्रशिक्षक लामाले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...