दक्षिणालाई हङकङको अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण

दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसीपमा नेपालका लागि स्वर्ण पदक दिलाइन् ।
हङकङस्थीत काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा कुमार लामा घिसिङको प्रशिक्षणमा रहेको नेपालले एक स्वर्ण,चार रजत र ६ कास्य गरी कुल ११ पदक हात पा¥यो । नेपालका चार खेलाडीले फाइनल यात्रा तय गरेपनि स्वर्ण जित्न सकेनन् ।

महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउदै स्वर्ण जितीन् । क्याडेट २९ केजीमुनि सुप्रीमा बजगाई सडेन डेथमा मंगोलियाकी खेलाडीसँग स्तब्ध भइन् । निर्धारित तीन राउन्डको खेल ७–७ स्कोरको बराबरी भएपछि खेलिएको सडेन डेथ भने हार बेहोर्दै सुप्रीमा रजत पदकमै सिमित भइन् ।

पुरुष सिनियर ७४ केजीमुनिको फाइनलमा विकेस बिडारीले सुरुआती अग्रताका बाबजुत समालिन नसक्दा ६–४ स्कोरले हार बेहोर्दै रजत पदकमै सिमीत भए । महिलाको सिनियर ६२ केजीमुनि लक्ष्मी घले र पुरुष क्याडेट ४५ केजीमुनि सुजन गुरुङ फाइनलमा पुगे पनि रजतमै सिमित भए । पुरुषतर्फ ५८ केजीमुनि मिसन रासकोटी, ६८केजीमुनि आकाश पुन,क्याडेट ४५ केजीमुनि सागर तङ्नामी,६३ केजीमुनि अमृत थापा र ५४ केजीमुनि प्रकाश थापाले कास्य पदक जिते । महिलातर्फ सुमित्रा खत्रीले ७४ केजीमाथी कास्य पदक जितीन ।

अप्रिल २२–२५ सम्म भएको उक्त च्याम्पियनसिपमा तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा ग्रेडिङ प्रमुख नोर्बु लामाले निर्णायक भूमिका निर्वाह गरे । टिम व्यवस्थापकमा राजीव महर्जन र राजू खड्का रहेका थिए । च्याम्पियनसिपमा १३ खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा हङकङ, ताइवान, मकाउ, चीन, मंगोलिया, सिंगापुर, नेपाल, इन्डोनेसिया, फिलिपिन्स, कोरियालगायतका राष्ट्रबाट २१ टोलीका एक हजारभन्दा बढी खेलाडीहरुको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस

Loading...