विवेकलाई स्वर्ण

जापानको ओसाकामा सम्पन्न १५ औ वाटा जापान ओपन तेक्वान्दो च्याम्पियनसिपको अन्तरराष्ट्रिय  प्रतियोगितामा १६ देशको २९ र २७ खेलाडीहरुलाई  हराउदै क्रमश २५ केजीका १० बर्षका प्रजुन कुइकेलले फाइनलमा कजाकिस्तानलाई हराउदै स्वर्ण पदक र १० बर्ष कै २९ केजी का विवेक श्रेष्ठले फाइनलमा मकाउलाई हराउदै स्वर्ण पदक जितेका छन ।

त्यसैगरी तिलक लामा ७४ केजी मुनिको फाईनलमा हङ्कङका खेलाडीसँग पराजित भै दोश्रो पदक हात पार्न सफल भएका छन् विवेक श्रेष्ठले पुम्से विधामा पनि कास्य पदक जितेका छन् भने १० बर्षकी प्रगती कुइकेलले मलेसियालाई हराउदै सेमिफाइनल पुगेको तर सेमिफाइनलमा जापानसग पराजित हुँदै कास्य पदकमा सिमित भएकी छन् । विवेक श्रेष्ठले जूनियर तर्फ उत्कृष्ट खेलाडीको उपाधि हात पारेका छन।

टिमको प्रशिक्षकमा एनटीएका अध्यक्ष अशोक खड्का व्यवस्थापकमा युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ रहेका छन् । बिभिन्न विधामा गरी जम्मा ५००खेलाडीले भाग लिएको प्रतियोगितामा स्थानिय सहयोग एनआरएन कान्साइका निवर्तमान अध्यक्ष तथा क्योउदाइ रेमिटान्स ९ आइ।एम।इ। कान्साईका प्रमुख नरेन्द्र बस्नेतले गर्नुभएको र खेलाडीहरुको हौसला र सहयोगकोलागि उल्लेख्य रुपमा कान्साई बासि नेपालीहरुको उपस्थिति भएको जानकारी प्राप्त भएको छ ।

बिजयी खेलाडीहरु र टिमलाई भोलि ओसाकामा एन।आर।एन कान्साइले रात्रिभोज तथा बधाई कार्यक्रम राखेको बस्नेतले जानकारी गराउनुभयो।


प्रतिक्रिया दिनुहोस

Loading...