राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेशन टिम छनोट सुरु

काठमाडौं । नेपाल तेक्वान्दो संघको तत्वावधनमा नेपाली राष्ट्रिय तेक्वान्दो डोमेन्स्ट्रेसन टिमको छनोट सुरु भएको छ ।

त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको राष्ट्रिय तेक्वान्दो टिमको प्रशिक्षण केन्द्रमा शनिबार पहिलो चरणको छनोट भएको छनोट समितीका संयोजक कविराज नेगी लामाले बताए । पहिलो चरणमा तीन महिला र १२ पुरुष गरी कुल १५ खेलाडीको सहभागीता रहेको संयोजक लामाले बताए । नेपाली राष्ट्रिय तेक्वान्दो टिमको कोरियाली प्रशिक्षक समेत रहेका जे एच लीले डेमोन्स्ट्रेसन टिम छनोट गर्नेछन् ।

छनोटको अवसरमा राखेप तेक्वान्दोका प्रमुख मुख्य प्रशिक्षक ध्रुव गुरुङ, तेक्वान्दो राष्ट्रिय टिम संयोजक हेमन्त डाँगी र सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव प्रेम भण्डारी लगायतको उपस्थिति रहेको थियो । तेक्वान्दो संघले तेक्वान्दो खेललाई बृहत रुपमा विकास गर्ने उद्देश्यले डेमोन्स्ट्रेशन टिम विकास गरेको संयोजक लामाले बताए ।

यसअघि संघले लामाकै संयोजकत्वमा पुम्सेको राष्ट्रिय टिम छनोट सुरु गरेको थियो ।इन्डोनेसियाको जाकार्तामा हुने एसियन गेम्स मार्फत तेक्वान्दोको पुम्से विधापनि पहिलो पटक समावेश हुदैछ । अन्य देशमो पुम्से र डेमोन्सट्रेशनको राष्ट्रिय टिम रहने प्रचलन भएता पनि नेपालमा भने पहिलो पटक सुरु भएको हो । दोस्रो चरणको छनोट पनि छिटृै सञ्चालन हुने तेक्वान्दो संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...