माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

काठमाडौं (खेलदैनिक) । तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ । च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने भएको हो ।

जी–२ र्याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० एवं सिनियरमा महिला पुरुष दुवै गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न देशका एक हजार पाँच सय खेलाडीको सहभागिता रहने छ । च्याम्पियनसिपका लागि एक सयभन्दा वढी विदेशी निर्णायकसमेत नेपाल आउने छन् । च्याम्पियनसिप सञ्चालनका लागि दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

वल्र्ड तेक्वान्दो फेडरेसनको वार्षिक क्यालेन्डरमा समावेश च्याम्पियनसिप सन् २०१९ मा आयोजना गर्नुपर्ने थियो । कोरोना महामारीका कारण त्यतिबेला सम्भव नभएपछि यस वर्ष आयोजना गर्न लागिएको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...