आर्मी र कोटेश्वर टिम च्याम्पियन

त्रिभूवन आर्मी क्लब र कोटेश्वर तेक्वान्दो डोजाङ चौथो नेकोस राष्ट्रिय तेक्वान्दो तथा जुनियर खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोमबार टिम च्याम्पियन बनेका छन् । आर्मी सिनियर तथा कोटेश्वर जुनियरतर्फ टिम च्याम्पियन बने ।
नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको सिनियरमा आर्मीले ६ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो । २ स्वर्ण, ३ रजत र २ कांस्यसाथ आयोजक ‘ए’ टिम दोश्रो भयो भने १ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मध्यमाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो ।

जुनियरमा टिम च्याम्पियन बन्न सफल कोटेश्वरले २ स्वर्ण हात पा¥यो । १ स्वर्ण र १ कांस्य जितेको विजेश्वरी ज्ञान मन्दिर दोश्रो भयो । तेश्रो स्थानको दाङले १ स्वर्ण हात पा¥यो ।
सिनियरको पुरुषमा मध्यमाञ्चलका कपिल थापा तथा महिलामा आर्मीकी काजल श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । पुरुषमा कोटेश्वरका दिनेशबहादुर साउद र महिलामा धनकुटाकी विनिता घिमिरे जुनियरमा उत्कृष्ट ठहरिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...