रञ्जनालाई चीनमा पदक

काठमाडौं (खेलदैनिक) । नेपालकी रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको तेक्वान्दो छनोट प्रतियोगितामा बिहीबार कांस्य जितेकी छन् ।

युएइको सारजाहमा भएको के– ४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजीमुनि सेमिफाइनलमा काजाकिस्तानकी मिलानाले रञ्जनालाई १८–१६ ले पराजित गरिन् ।

शीर्ष दुई स्थानमा रहने खेलाडी मात्र एसियाली पारा खेलकुदका लागि छनोट हुने प्रावधान रहेकोले रञ्जना छनोट भने नभएको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

अर्का खेलाडी रामबहादुर अधिकारी पहिलो चरणमै पराजित भए । के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि रामबहादुर इराकका अब्बास हुसैनसंग ३३–३७ ले चुके ।

पारा ओलम्पियन पलेशा गोबर्धन र सिर्जना घिसिङ भने विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...