खड्का अस्ट्रिया जाँदै

काठमाडौं (खेलदैनिक) । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार अस्ट्रियाको इन्सबक जाँदै छन् । अस्ट्रियन ओपन वल्र्ड र्याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का त्यसतर्फ जान लागेका हुन् ।

उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने खड्का एक्लो हुन् । प्रतियोगिता मे २८ देखि २९ तारिखसम्म हुने छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खड्कालाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सदस्य–सचिव घिसिङले खेलाडीका साथै नेपाली निर्णायकहरुले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाउनु राम्रो पक्ष भएको धारणा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...