बेल्जियममा सापकोटालाई पदक

काठमाडौं (खेलदैनिक) । नेपाली भेट्रान खेलाडी मधुसुदन सापकोटाले बेल्जिययम कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगितामा कांस्य जितेका छन् ।

उनले पुरुष ४१–५० वर्षको एकल पुम्सेमा कांस्य जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष मधुसुदन सापकोटाले जनाएका छन् । उनले ६.१२ अंक जोडे । पोल्यान्ड पहिलो र बेल्जियम दोश्रो स्थानमा रहे । प्रतियोगिता बेल्जियमको ब्रसेल्समा भएको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...