पारा पदक विजेता सम्मानित

काठमाडौं (खेलदैनिक) । काजोल म्युजिक प्रा.लि. ले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ ।

बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको गेम्समा पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत तथा विशाल गर्बुजाले कांस्य जितेका थिए । सोही अवसरमा टोलीका प्रशिक्षक अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई पनि नगदसहित सम्मान गरिएको थियो । चारैलाई प्रशंसा पत्रसहित जनही ५ हजार नगद प्रदान गरियो । विशाल भने कार्यक्रममा उपस्थित थिएनन् ।

बाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, काजोल म्युजिक प्रा.लि. की प्रोप्राइटर एवं राखेप बोर्ड सदस्य नन्दा बस्याल र राखेप बोर्ड सदस्य एकेन्द्र कुँवरले राष्ट्रिय लोक तृत्य महोत्सव तथा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...