इमान अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

काठमाडौं (खेलदैनिक) । इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको राखेपका उपाध्यक्ष शिव कोइरालाले तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई खेल सामाग्री प्रदान गरी एक कार्यक्रमबीच उद्घाटन गरे ।

पहिलो दिन सब जुनियर पुरुष ३३ केजीमाथि भारतका नुर जन्नथ, क्याडेट पुरुष ३७–४१ केजीमा नेपालका बुद्ध लामा, सिनियर महिलाको ४६ केजीमुनि नेपालकी अनिता सुब्बा र सब जुनियरको महिला २०–२२ केजीमा नेपालकी योना थापाले स्वर्ण जिते ।

प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब ५ सय खेलाडीको सहभागिता रहेको प्रतियोगिता निर्देशक प्रेम भुजेलले जनाएका छन् । क्योरोगीको सिनियर पुरुष÷महिलामा ६–६, जुनियर पुरुष÷महिलामा ७–७ तथा सब जुनियरको पुरुष÷महिलामा जम्मा ७ गरी कुल ३३ स्पर्धा समावेश छन् ।

त्यस्तै पुम्सेमा सब जुनियर, क्याडेट, सिनियर, जुनियर र मास्टर्सतर्फ पनि खेल भइरहेको छ । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...