शिव र निराजनलाई स्वर्ण

दाङका शिव राउत र सुनसरीका निराजन चौधरीले चौथो नेकोस राष्ट्रिय तेक्वान्दो तथा जुनियर खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।

जुनियर पुरुषको ३६ केजीमा शिवले स्टार गणतान्त्रिकका सन्जोग थापा तथा ४२ केजीमा निराजनले सल्लाहघारीका रामबहादुर थापालाई फाइनलमा पराजित गरे ।

राष्ट्रिय खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको यु–१७ व्यक्तिगत पुम्सेको पुरुषमा रुपन्देहीका प्रज्वल कर्माचार्य र महिलामा विजेश्वरीकी रिता श्रेष्ठ पहिलो भए ।

यु–३० व्यक्तिगत पुम्सेको पुरुषमा नेपाली सेनाका सन्जिव ओझा र महिलामा मध्यमाञ्चलकी पार्वती गुरुङ पहिलो बने ।

प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...