तेक्वान्दोका सन्जिव सम्मानित

काठमाडौं (खेलदैनिक) । नेपाल तेक्वान्दो संघ प्रदेश २ ले तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्जिव नेपालीलाई शुक्रबार सम्मान गरेको छ ।

प्रदेश २ ले आयोजना गरेको तेश्रो निजगढ तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा तेक्वान्दोमा हासिल गरेको उपलब्धीको कदर गर्दै सन्जिवलाई सम्मान गरिएको हो ।

आयोजकका अध्यक्ष पेमा सिद्धि लामा र महासचिव रामकुमार लामाले सन्जिवलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा तेक्वान्दोकी ओलम्पियन प्रमिला थापालाई पनि सम्मानित भइन् ।


प्रतिक्रिया दिनुहोस

Loading...