काठमाडौं तेक्वान्दोको आर्थिक सहयोग

काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलाडी दीपिका कार्कीको स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

निमोनिया भएपछि १३ वर्षीया दीपिकालाई उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएको थियो । दीपिकाको परिवारको आर्थिक अवस्था कम्जोर भएकाले काठमाडौं जिल्लाले उनको स्वास्थ्य उपचारका लागि सहयोग जुटाउन पहल गरेको अध्यक्ष अशोक खड्काले जानकारी गराए । अध्यक्ष खड्काले ७७ हजार २ सय १० रुपैयाँ रकम संकलन भएको जानकारी दिए ।

उक्त रकम काठमाडौं जिल्ला तेक्वान्दोका सचिव गणेश तामाङ र तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक मिन न्यौपानेको उपस्थितिमा अध्यक्ष खड्काले दीपिकाकी आमा लक्ष्मीलाई कान्ति अस्पतालमै हस्तान्तरण गरे । रकम हस्तान्तरण गरेको केहि समयपछि दीपिकाको निधन भएको अध्यक्ष खड्काले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...