पाराल्याम्पिकका लागि केल्मीको प्रायोजन

काठमाडौं (खेलदैनिक) । जापानको टोकियोमा २४ अगष्ट २०२१ देखि ५ सेप्टेम्बर २०२१ मा आयोजना हुने पाराल्याम्पिक गेम्समा सहभागि जनाउने नेपाली तेक्वान्दो खेलाडीलाई केल्मीले खेल सामाग्री प्रायोजन गरेको छ ।

पाराल्याम्पिकमा नेपालले सहभागिताजनाउने एक खेल तेक्वान्दो पनि हो । सोही खेलमा नेपालका लागि तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनले पनि प्रतिस्पर्धा गर्दैछिन् । उनले के ४४ अन्तर्गत ५८ केजी मुनी प्रतिस्पर्धा गर्नेछिन् ।

सोही अवसरमा पलेशासहित पाराल्याम्पिक गेम्समा सहभागिता जनाउने नेपाली टोलीलाई केल्मीले खेल सामाग्री प्रायोजन गरेको हो । पलेशाका साथमा टोकियो जाने प्रशिक्षक कविराज नेगी लामा, सेफ दि सरोज श्रेष्ठ, डाक्टर दीपक श्रेष्ठलाई प्याराल्याम्पिक अवधिभर प्रयोग हुने सामाग्री केल्मीले उपलब्ध गराउनेछ ।

नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल पाराल्याम्पिक कमिटीका सचिव विश्वास बस्नेतले प्रायोजन सम्झौतामा हस्ताक्षर गरे ।

केल्मीले पाराल्याम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको छ । पाराल्याम्पिकका सबै अन्तर्राष्ट्रिय सहभागितामा नेपाली सहभागीले केल्मीको खेल पोशाक प्रयोग गर्नेछन् । अहिले जापानमा जारी ओलम्पिकका लागि पनि केल्मीले प्रायोजन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...