किन्डर कार्टेन तेक्वान्दो ग्रेडिङ सम्पन्न

काठमाडौं । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार भएको तेक्वान्दो ग्रेडिङ  सम्पन्न भएको छ ।

मध्यबानेश्वरस्थी किन्डर कार्टेन इन्टरनेशनल स्कुलमा एक दिने तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको हो । नेपाल तेक्वान्दो संघका पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर र एसियाली एवम दक्षिण एसियाली पदक विजेता आयसा शाक्यले उक्त एक दिने ग्रेडिङको परिक्षा लिए । ग्रेडिङमा कुल ११ तेक्वान्दो खेलाडीको सहभागीता रहेको थियो ।

सो अवसरमा सेतो पेटिको ग्रेडिङ परिक्षा दिएका अभिजान केसी उत्कृष्ट खेलाडी चुनिए । सबै खेलाडीले सेतो देखि पहेँलो पेटिका लागि ग्रेडिङ दिएका थिए । ब्वाइजतर्फ मायूल तामाङ,फिलिप श्रेष्ठ,सौर्य श्रेष्ठ,आदित्य पौडेल,गुन्जन बासकोटा,आर्यमेन ढुंगाना र ग्रेस राई तथा गल्र्समा नामदिरा योङहाङ,सामाना मैनाली र प्रगति देवकोटाले ग्रेडिङ दिएका थिए ।

सो अवसरमा प्रशिक्षक कुँवरले ग्रेडिङले नै खेलाडीको खेलस्तर मापन हुने भएकाले यसको महत्व सदैव रहेन बताए । स्कुलका प्रशिक्षक पुर्व राष्ट्रिय खेलाडी आयासा शाक्यले जूनियरस्तरमै खेलाडीको खेलप्रतिको चाहानले भविष्यमा उनिरुहको खेल स्तर निकै उच्च हुने विश्व ब्यक्त गरिन् ।


प्रतिक्रिया दिनुहोस

Loading...