तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सम्पन्न

खेलदैनिक पोखरा, १६ चैत / नेपाल तेक्वान्दो संघको आयोजनामा पश्चिमाञ्चलमा भएका नवौं राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा आठौं राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ ।

पश्चिमाञ्चल क्षेत्रका लागि पोखराको रंगशालको कभर्डहलमा भएको दुई दिने तेक्वान्दो रेफ्री कोर्स बुधबार सम्पन्न भएको हो । उक्त कोर्समा नेपाल तेक्वान्दो संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठ र कोरियन प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए ।

विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण आयोजित कोर्षमा ग्यरोगीतर्फका कुल ७० निर्णायकको सहभागिता रहेको थियो । जसमा नयाँ निर्णायकको लागि ५१ र रिफ्रेसरका लागि १९ निर्णायकले भाग लिएका थिए ।

समापनको अवसरमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेल, नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ र कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले सहभागीलाई प्रमाणपत्र प्रदान गरे । अध्यक्ष पौडेलले समयानुसार निर्णय परिवर्तन हुन सक्ने र निर्णायक पनि अपडेट हुनुपर्ने भएकाले यस्ता प्रशिक्षणको निकै महत्व रहेको बताए ।

संघका महासचिव गुरुङले तेक्वान्दो खेल विकासमा कोर्सले एउटा महत्वपुर्ण इटृा थप्ने धारणा ब्यक्त गरे । संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठले नेपालको तेक्वान्दो खेल विकास र स्तरन्नोतिका लागि रिफ्रेसर कोर्सले महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...