पश्चिमाञ्चलमा तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सुरु

१६ चैत / पश्चिमाञ्चल क्षेत्रका लागि ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सुरु भएको छ । पोखराको रंगशालको कभर्डहलमा मंगलबार एक कार्यक्रमका बिच दुई दिने कोर्स सुरु भएको छ ।

नेपाल तेक्वान्दोको आयोजनामा भएको रिफ्रेसर र सेमिनारमा कुल ७० रेफ्रीको सहभागीता रहेको थियो । नेपालको तेक्वान्दो खेल विकास र स्तरन्नोतीका लागि रिफ्रेसर र कोर्सले महत्वपुर्ण भुमिका खेल्ने बताए संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठले बताए ।

कोर्स विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण सञ्चालन भएको थियो । कोर्समा ग्यरोगीतर्फका कुल ७० निर्णायकको सहभागीता रहेको थियो । जसमा नयाँ निर्णायकको लागि ५१ र रिफ्रेसरका लागि १९ निर्णायकको सहभागीता रहेको थियो । उक्त कोर्समा नेपाल तेक्वान्दो संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठ र कोरियन प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...