पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा दोश्रो पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न भएको छ ।

पुम्सेतर्फ दक्षिण कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएको आयोजक संघ अध्यक्ष अशोक खड्काले जनाएका छन् । अभिमुखीकरण कार्यक्रमअन्तर्गत डा. अच्युत्तम लामिछानेले स्पोर्ट्स मेडिसिन तथा डा. राजु डंगोलले स्पोर्ट्स इन्जुरी बारे सहभागीलाई जानकारी दिएका थिए ।

एकदिने सेमिनारमा काठमाडौं जिल्लाका विभिन्न तेक्वान्दो डोजाङ र स्कुलका प्रमुख गरी १ सय ६ जनाको सहभागिता रहेको आयोजक संघका सचिव कुमार लामा घिसिङले जानकारी गराए ।

सहभागीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन तथा बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...