ह्विइल चियर तेक्वान्दो ग्रेडिङ सम्पन्न

काठमाडौं । इसिडिसी तेक्वान्दो डोजाङको शाखा पारातर्फको ग्रेडिङ सम्पन्न भएको छ । शनिबार ढुगेंधारास्थीत नेपाल आर्मीको पुर्नस्थापना केन्द्रमा भएको एकदिने ग्रेडिङ सम्पन्न भएको छ ।

ह्वीइल चियर पारा तेक्वान्दोको डोजाङ प्रमुख कल्याण कुँवर र पारा तेक्वान्दो कमिटीका सदस्य कविराज नेगी लामाले ग्रेडिङ प्रदान गरेका थिए । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार ह्वीइल चियरतर्फ ग्रेडिङ प्रदान गरिएको डोजाङ प्रमुख कुँवरले बताए ।

उक्त ग्रेडिङमा कुल ७ ह्वीइलचियर तेक्वान्दो खेलाडीको सहभागीता रहेको थियो । ग्रेडिङमा हिमाल अर्याल उत्कृष्ट चुनिएको तेक्वान्दो प्रशिक्षक लामाले बताए । अर्याल हरियो–निलोबाट निलो–रातोमा डबल प्रमोशन भएका थिए । अन्य खेलाडीमा विवेक चौधरी,महेश्वर थापा,फनिराज पौडेल,राजु कटुवाल र नरवहादुर दाहालले ग्रेडिङ परिक्षा दिएका थिए । पारातर्फ दिपेश महतले पहेँलो–हरियोबाट हरियो–निलो पेटिको परिक्षा दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...