समस्यामा परेका परिवारलाई राहत वितरण

काठमाडौं (खेलदैनिक) । कोरोना भाइरस (कोभिड १९) का कारण समस्यामा परेकालाई लकडाउनपछि हालसम्म २ सय ५० परिवारलाई राहत वितरण गरिएको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।

एकेडेमीले कागेश्वरी मनोहरा नगरपालिकाका १ देखि ९ वडा, गोकर्णेश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका मजदुर, गरिब, अपाङ, बालआश्रम, बृद्धाआश्रम, सुकुम्वासीलगायतलाई राहत वितरण गर्दै आएको हो । त्यस्तै स्वास्थ्य चौकी र प्रहरी चौकीमा पनि स्वास्थ्य सामाग्री प्रदान गरेको एनटीएले पशुपंक्षि र बाँदरलाई पनि आहारा खुवाउदै आएको छ ।

स्वदेशी तथा विदेशी शुभचिन्तकको सहयोगमा हालसम्म करिब ४ लाख ५० हजार बराबरको राहत प्रदान गरिसकेको खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...