तेक्वान्दो: रेफ्रि सेमिनार तथा रिफ्रेसर कोर्स सुरु

तेक्वान्दो संघको आयोजनामा तेक्वान्दो राष्ट्रिय निर्णायक सेमिनार तथा रिफ्रेसर कोर्स मंगलबारदेखि सुरु भएको छ।  सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा  सुरु सेमिनार नवौं र रिफ्रेसर कोर्ष आठौं हो ।

विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण रेफ्री रिफ्रेसर कोर्स गरिएको हो।  पहिलो चरण्मा मध्यमाञ्चलबाट सेमिनारमा ८५ तथा रिफ्रेसर कोर्समा १ सय ७१

तीनदिने कोर्स कोरियन प्रशिक्षक क्वान यङ दल, रेफ्री संयोजक नवीनकुमार श्रेष्ठ र गोविन्द शर्माले सञ्चालन गर्ने छन्। चैत ३ गते सम्म हुने ग्यरोगीतर्फका कोर्षमा कुल २ सय ५६ निर्णायकको सहभागीता रहेको कोर्सका प्रशिक्षक समेत रहेका गोविन्द शर्माले जानकारी दिए । जसमा नयाँ निर्णायकको लागि ८५ र रिफ्रेसरका लागि १ सय ७१ निर्णायक गरी जम्मा २ सय ५६ जना सहभागी छन्।

यस्तै कोर्स पूर्वाञ्चलको झापामा चैत ६ र ७, पश्चिमाञ्चलको बुटवलमा बैशाख ४ र ५, मध्यपश्चिमाञ्चलको नेपालगन्जमा बैशाख ७ र ८ तथा सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा बैशाख १० र ११ गते हुनेछ।


प्रतिक्रिया दिनुहोस

Loading...