तेक्वान्दोमा सीनाले दिलाईन नेपाललाई स्वर्ण

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुदमा बलियो पकड जमाईरहेको नेपालले आफ्नो पदकतालिकामा अर्को स्वर्ण जितेको छ ।

सोमबार तेक्वान्दोकी सीना मादेनले पुम्सेमा नेपाललाई स्वर्ण दिलाईन् । सीनाले १८ देखि २३ बर्ष मुनिको स्पर्धामा स्वर्ण जितेकी हुन् । सीनाले स्वर्ण जित्ने क्रममा कुल ८,१५० अंक बटुलिन् ।

(तस्विर : अनलाईनखबर)


प्रतिक्रिया दिनुहोस

Loading...