ह्वाइटफिल्ड पुम्सेमा क्रितीका र मनिल च्याम्पियन

काठमाडौं । ह्वाइटफिल्ड इन्ट्रा तेक्वान्दो पुम्से च्याम्पियनसिपमा सम्पन्न भएको छ । नयाँबजारस्थीत ह्वाइटफिल्ड इन्टरनेशनल स्कुलमा सोमबार भएको पुम्सेको महिलातर्फ क्रितिका महर्जन पहिलो भइन् । रुभिस्का अधिकारी दोस्रो र पमिता बयलकोटी तथा नितीसा बस्नेत तेस्रो भइन् । पुरुषतर्फको पुम्सेमा मनिल श्रेष्ठ पहिलो र रितज श्रेष्ठले दोस्रो स्थानमा चित्त बुझाए । शाहिल तुलाधर र गौरभ श्रेष्ठ संयुक्त रुपमा तेस्रो भए । एकदिने पुम्सेमा कुल पुरुषतर्फ ३५ र महिलामा ३० गरी कुल ६५ खेलाडीको सहभागीता रहेको तेक्वान्दो प्रशिक्षक कुमार लामा घिसिङले बताए ।

च्याम्पियनसिपमा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्यद्वय नोर्बु लामा र बद्री घिमिरले निर्णायक भूमिका वहन गरेका थिए । उनिहरुलाई ह्वाइटफिल्ड इन्टरनेशनल स्कुलका को–अर्डिनेटर अमरदिप भटृराईले शुभकामना दिदै पुरस्कृत गरे । सो अवसरमा निर्णायक लामाले जूनियर स्तरका खेलाडीले पुम्सेमा राम्रो प्रदर्शन गरेका बताए । तेक्वान्दो प्रशिक्षक कुमार लामाले खेलाडीहरुमा भएको प्रतिभालाई थप प्रोत्साहन गर्ने उद्देश्य पुम्से च्याम्पियनसिका गरेको बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...