न्युजेनिथमा तेक्वान्दो ग्रेडिङ सम्पन्न

काठमाडौं, १७ फागुन /  न्यु जेनिथ बोर्डिङ स्कुलमा सेतोदेखि हरियो–निलो पेटिको तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार न्युजेनिथमा तेक्वान्दो ग्रेडिङ भएको विद्यालयका तेक्वान्दो प्रशिक्षक सरोज बास्कोटाले बताए ।

सोमबार डल्लुस्थीत भुरुङखेलमा भएको ग्रेडिङमा सेतोँ पेटिदेखि हरियो–निलो पेटिमा परिक्षा भएको प्रशिक्षक बास्कोटाले बताए । ग्रेडिङमा २० तेक्वान्दो खेलाडीले आ–आफ्नो पेटि अनुरुप परिक्षा दिएका थिए । पेटी प्रमोशनमा पुम्से र फाइटतर्फ खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गरे । ग्रेडिङमा तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै डबल प्रमोशन प्राप्त गरे ।

तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हरेक ६ महिनामा हुने ग्रेडिङ लिइएको तेक्वान्दो प्रशिक्षक शर्माले बताए ।
सो अवसरमा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य एवम् तेक्वान्दो प्रशिक्षक बद्री घिमिरे र प्रशिक्षक सरोज बास्कोटाले पेटी प्रमोशन लिएका थिए । जसमा प्रशिक्षक बास्कोटाले पेटि प्रमोशनका लागि प्रशिक्षण गराए । जसअन्र्तगत सेतो पेटिदेखि पहेँलो पेटीमा १९ खेलाडी र हरियो–निलो पेटि देखि निलो पेटिमा एक खेलाडीले आ–आफ्नो वरियता अनुरुप पेटि प्रमोशनका लागि ग्रेडिङ दिए । उनिहरुलाई ब्रेकिङ,पुम्से र फाइटको माध्यमबाट परिक्षा लिइएको थियो ।

ग्रेडिङमा खेलाडीले अनुशासित तवरले कला प्रस्तुत गरेको प्रशिक्षक बास्कोटाले बताए । सो अवसरमा विद्यालयका सस्थापक राजु महर्जनले तेक्वान्दो खेलाडीलाई अनुशासित रपमा खेल्दै देशका लागि उत्कृष्ट खेलाडी बन्न शुभकामना दिए । उत्कृष्ट खेलाडी हुनका लागि अहिले देखि नै मेहनत गरे देशका लागि केही गर्न सकिने प्रशिक्षक विद्यालयका सस्थापक महर्जनले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...