विस्डममा तेक्वान्दो ग्रेडिङ सम्पन्न

काठमाडौं । विस्डम एकेडेमीमा पहेँलोदेखि निलो–रातो पेटिको तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार विस्डम एकेडेमीमा तेक्वान्दो ग्रेडिङ भएको विद्यालयका तेक्वान्दो प्रशिक्षक बद्री घिमिरेले बताए ।

शनिबार कलंकीस्थीत विस्डम एकेडेमी मैदानमा पहेँलो पेटिदेखि निलो–रातोपेटिसम्म परिक्षा भएको प्रशिक्षक घिमिरेले बताए । ग्रेडिङमा २० तेक्वान्दो खेलाडीले आ–आफ्नो पेटि अनुरुप परिक्षा दिएका थिए । पेटी प्रमोशनमा पुम्से र फाइटतर्फ खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गरे ।

तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हरेक ६ महिनामा हुने ग्रेडिङ लिइएको तेक्वान्दो प्रशिक्षक गोविन्द शर्माले बताए । सो अवसरमा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य एवम् तेक्वान्दो प्रशिक्षक बद्री घिमिरे र गोविन्द शर्माले पेटी प्रमोशन लिएका थिए । सो अवसरमा पहेँलो पेटीमा ६,हरियो पेटिमा १ ,हरियो–निलो पेटिमा ६ ,निलो पेटिमा ६ र निलो–रातो पेटिमा एक खेलाडीले आ–आफ्नो वरियता अनुरुप पेटि प्रमोशनका लागि ग्रेडिङ दिए ।

ग्रेडिङमा खेलाडीले अनुशासित तवरले कला प्रस्तुत गरेको प्रशिक्षक शर्माले बताए । सो अवसरमा विद्यालयका अध्यक्ष पुरुषोत्तम अधिकारीले तेक्वान्दो खेलाडीलाई अनुशासित रपमा खेल्दै देशका लागि उत्कृष्ट खेलाडी बन्न शुभकामना दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...