आर्मीका भुपेनलाई भारतमा स्वर्ण

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मीका भुपेन श्रेष्ठले दोश्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय जी वान तेक्वान्दो प्रतियोगिता मा स्वर्ण जितेका छन् । नेपाल तेक्वान्दो संघबाट नेपालको प्रतिनिधित्व गर्दै भारतको हैदरवाद पुगेको तेक्वान्दो टोलीले नेपाललाईृ १ स्वर्ण र १ काँस्य दिलाएर शनिवार स्वदेश फर्किएको होे ।

नेपालका भुपेनले ८७केजी मुनीकोे फाइृनल खेलमा भारतका खेलाडीलाई पराजित गदै स्वर्ण जितेका हुन । भुपेनले सेमिफाईनलमा अफगानस्तानको राष्ट्रिय टिमका खेलाडीलाई पराजित गदै फाइृनल प्रबेश गरेका थिए ।

त्यस्तै पहिला ४९ केजी तौल समूहमा नेपालकी कल्पना चौधरीले काँस्य जितेकी छन् । नेपाल आर्मीमा आवद्ध कल्पनाले चार प्रतिद्धन्द्धीलाई पराजित गदै सेमिफाईनलमा स्थान बनाएकी थिईन् ।

टोलीको प्रमुख प्रशिक्षकका रुपमा रहेका तेक्वान्दोेका किर्तिमानी खेलाडी दिपक बिष्टले जनाएअनुसार शनिवार भैरहवा आएको नेपाली टोलीलाई प्रकाशराज भण्डारीको नेतृत्वमा आएको खेलाडीको टोलीले भब्य स्वागत गरेकोे थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...