महिला तेक्वान्दोका लागि पश्चिमाञ्चलबाट खेलाडी छनौट

पोेखरा, १० फागुन । अन्तराष्ट्रिय नारी दिवशका अवसरमा नेपाल तेक्वान्दो संघले काठमाडौमा आयोजना गर्न लागेको प्रथम अन्तराष्ट्रिय महिला तेक्वान्दो प्रतियोगितामा सहभागिताका लागि पश्चिमाञ्चल बाट खेलाडी सहभागिता गराउन पोखरामा पश्चिमाञ्चल स्तरिय छनौट प्रतियोगिता सम्पन्न गरिएको छ ।

कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा सम्पन्न प्रतियोगितामा यहाँका चार जिल्लाका ६५ जना खेलाडी सहभागी थिए । यसमध्ये विभिन्न उमेर तथा तौल समूहमा १३ जना खेलाडी छनौट भएको सहसचिव दिपेन्द्र पहारीले जानकारी दिए ।

छनौट हुने खेलाडीहरुमा ४० केजी मुनिमा रुपन्देहीकी आशा बिक, ४२ केजी तौल समूहमा रुपन्देही, ४४ केजीमा चन्दा घर्तीमगर, ४६ केजीमा सरिता श्रेष्ठ रुपन्देही, ४९ केजीमा राखी शर्मा रुपन्देही, ५३ केजीमा स्नेहा परियार कास्की, ५७ केजीमा शान्ति भण्डारी तनहुँ, ६२ केजीमा आलिशा केसी रुपन्देही, ६७ केजी तौल समूहमा ममता गर्बुजा म्याग्दी छनौट भएका छन् ।

पुम्सेतर्फ १५ वर्षमुनि दिपशिखा गुरुङ कास्की, १९ वर्ष मुनि अमृता कुमाल कास्की र १९ वर्षमाथिका प्रशंसा क्षेत्री रुपन्देही छनौट भए । यस्तै समूह पुम्सेतर्फ दिपशिखा गुरुङ कास्की, अमृता कुमाल कास्की र प्रशंसा क्षेत्री रुपन्देही छानिएका छन् । उनीहरु फागुन २५ देखि २७ गतेसम्म काठमाण्डौमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन जाँदैछन् ।

विजेता खेलाडीहरुलाई जिल्ला युवा समितिका कार्यालय प्रमुख नगेन्द्रराज पौडेल लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रम कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङको अध्यक्षतामा भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...