तेक्वान्दोकी आयशा सम्मानित

तेक्वान्दोकी आयशा शाक्य (बायाँ) लाई सम्मान गर्दै हिसानका अध्यक्ष रमेश सिलवाल (दायाँ) ।

काठमाडौं (खेलदैनिक) । तेक्वान्दोकी आयशा शाक्यलाई घट्टेकुलोस्थित स्याब स्कुलले आफ्नो १२ औं वार्षिक खेलकुद दिवसको अवसरमा नगदसहित सम्मान गरेको छ ।

हिसानका अध्यक्ष रमेश सिलवाल र स्याबका प्रिन्सिपल लक्ष्यबहादुर केसीले आयशालाई सम्मान पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरे ।

आयशा ११ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण तथा १० औं र १२ सागकी रजत विजेता हुन् । आयशले दोहा एसियाडमा पनि कांस्य जितेकी थिइन् ।

सम्मानित तेक्वान्दोकी आयशा शाक्य ।

प्रतिक्रिया दिनुहोस

Loading...