दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो शुरु

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले एशियाली खेलकुदमा तेक्वान्दोले पदक ल्याउने बिश्वास ब्यक्त गरेका छन् ।

प्रमुख अतिथिको रुपमा दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको उद्घाटन गर्न राखेप कभर्डहल पुगेका सदस्य–सचिव बिष्टले तेक्वान्दो खेलबाट राष्ट्रले ठुलो अपेक्षा गरेको बताए । विष्टले भने “आसान्न एशियाली खेलकुदमा नेपाललाई तेक्वान्दो खेलबाट पदक प्राप्त हुनेमा म बिश्वास्त छु , अर्जुन दृष्टिका साथ आ–आफ्नो जिम्मेवारीलाई इमान्दारीताका साथ निर्वाह गरुम, सफलता हाँसिल हुनेछ ।”

नेपाल तेक्वान्दो संघको तत्वावधनमा तथा युनाइटेड तेक्वान्दो डोजाङको आयोजनमा संचालन भएको च्याम्पियनसिपमा ३ दिनसम्म चल्ने छ । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, द.कोरिया, मलेसिया, इन्डोनेसिया, मकाउ, चीन, अस्ट्रेलिया, सिंगापुर र अफगानिस्तान गरी कुल १३ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

जसअन्तर्गत महिलामा २ सय ५० र पुरुष ३ सय ८३ (सिनियर, जुनियर र क्याडेट) गरी ग्यरोगीतर्फ ४६ तौल समुहमा प्रतिस्पर्धा हुनेछ । पुम्सेतर्पm (एकल पुम्से, पेयर र टिम पुम्से) गरी ३८ इभेन्ट राखिएको छ । यसअघि डेमोस्ट्रेसनको रूपमा राखिएको पारा तेक्वान्दो यसपटक भने च्याम्पियनसिप नै हुने भएको छ । पारामा (पूरुष ३ र महिला २) गरि कुल ५ तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...