तेक्वान्दो प्रशिक्षक शर्मालाई जर्मनीमा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शमा जर्मनीमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । शर्मालाई जर्मनी सेल्फ डिफेन्स फेडेरेशनले आयोजना गरेको ‘११ औं म्युनिक हल अफ अनरमा ‘मास्टर अफ द इयर’ अन्तर्राष्ट्रिय अवार्डले सम्मानीत गरिएको हो ।

ब्ल्याक बेल्ट ५ औं डान एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय ‘ए क्लास’ रेफ्रि एवं प्रशिक्षक समेत रहेका शर्माले गत अप्रिल २८ मा जर्मनीको म्युनिकमा उक्त सम्मान पाएको नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ र ं नेपाल तेक्वान्दो महासंघले जारी गरेको संयुक्त विज्ञप्तीमा जनाइएको छ ।

सानो उमेरमै अन्तर्राष्ट्रिय ख्यातीकमाएकाप्रशिक्षकशर्माले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमातेक्वान्दो मार्शल आर्ट क्षेत्रको विकास र विस्तारमा गरेको उल्लेखनीय योगदानको उच्चकदर गर्दै ‘११ औं म्युनिकहलअफ अनर’मा मास्टर अफ द इयर अवार्ड चुम्न सफलभएको विज्ञप्तीमा जनाइएको छ ।

मार्शल आर्टस्को ‘ओस्कार’को रुपमा परिचित म्युनिक हल अफ अनर प्रत्येक वर्ष जर्मनीको म्युनिकमा आयोजना हुने गर्दछ । विश्व भरीका ग्रान्डमास्टर, मास्टर एवं अन्तर्राष्ट्रिय पदकधारी खेलाडी तथा प्रशिक्षकहरुलाई म्युनिक हल अफ अनरको ग्रान्डमास्टर सम्मिलीत छनोट समितीले गरेको सिफारीसका आधारमा सम्मान गरीने जनाइएको छ ।

यस अघि शर्माले अमेरीका, जर्मनी, बेलायत र भारत लगायतका देशबाट अन्तर्राष्ट्रिय सम्मान पाई सकेका छन् भने नेपालमा प्रधानमन्त्री, खेलकुद मन्त्री एवं विभिन्न संघ संस्थाहरुबाट दर्जनौ पटक पुरस्कृत भईसकेका छन् ।

बाराको निजगढ ३ सिंगौल मावि.सं. २०४३ भदौ ५ गते पिता शिव प्रसाद हुमागाई र माता दधिमाया हुमागाईको कोखबाट जन्मिएका शर्माले बीरगंजबाट तेक्वान्दो करियर बनाएका हुन् । राष्ट्रिय रुपमा ख्याति कमाएका वीरगंजका प्रशिक्षक प्रमोद मानन्धरबाट निखारीएका शर्माले पछि आइटिएफ तेक्वान्दोका अध्यक्ष कृष्णबहादुर बलालसंगको सामिप्यतापछि अहिले काठमाडौंबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दोलाई अगाडी बढाईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...