तेक्वान्दो प्रशिक्षार्थीहरुलाई ग्रेडिङ्ग प्रमाणपत्र वितरण

नवलपुर (खेलदैनिक) । युनाइटेड तेक्वान्दो डोजाङद्वारा संचालित तेक्वान्दो प्रशिक्षणमा सहभागी भएका ५१ जना प्रशिक्षार्थीलाई एक औपचारिक कार्यक्रमको बिच ग्रेडिङ वृद्धिको प्रमाणपत्र तथा आइडी कार्ड बितरण गरिएको छ ।

नवलपुर युनाइटेड क्लबको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा इन्द्रावती गाउँपालिका वडा ४ का वडाध्यक्ष जगतमान ताल्चाभडेल, बिशेष अतिथी नवलपुर युनाइटेड क्लबका अध्यक्ष चीन लामा, बिशेष अतिथी क्लब कै महासचिव क्षेत्र ब तामाङ अतिथी इन्द्रावती गाउँपालिका नेपाली कांग्रेसका संयोजक फुर्पा तामाङ ,नवलपुर इ.प्र.का असही मान बहादुर तामाङ साथै जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारी र युनाइटेड दोजाङका प्रशिक्षक बिक्रम तामाङ लगायतको उपस्थिति हेको थियो ।

गत चैत २७ गते ग्रेडिङ सम्पन्न गरेको र ग्रेडिङमा उतिर्ण भएका ५१ जना प्रशिक्षार्थीलाई प्रमुख अतिथी जगतमान ताल्चाभडेल बिशेष अतिथी चीन लामा र क्षेत्र ब तामाङले प्रमाणपत्र तथा आइडी कार्ड बितरण गरेका थिए । विगत ६ महिना देखि डोजाङले तेक्वान्दो प्रशिक्षण गर्दै छ । आफ्नो ज्यानको सुरक्षा आफैले गर्न सक्ने क्षमता बिकास गर्नको साथै गाउँ देखि केन्द्र, केन्द्रदेखि अन्तर्राष्ट्रियस्तर सम्म तेक्वान्दोलाई चिनाउन खोजिएको प्रशिक्षक बिक्रम तामाङले बताए ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथी जगतमान ताल्चाभडेलले सहयोग गर्ने प्रतिबद्धताका साथै ग्रेडिङमा उतिर्ण सबैलाइ बधाई तथा शुभकामना व्यक्त गरे । त्यसैगरी क्लबका अध्यक्ष चीन लामा, महासचिव क्षेत्र ब तामाङ ,नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका समयोजक फुर्पा तामाङ लगायतले मन्तव्य राखेका थिए।


प्रतिक्रिया दिनुहोस

Loading...